काठमाडौँ – सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार खुस्कियो भनेर नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई चिथोरेको आरोप लगाएका छन् ।
साथै उनले अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने चेतावनी समेत दिएका छन् । बुधवार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसदको महत्त्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद् सुचारु हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै लामिछानेमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने पनि बताए ।
‘कांग्रेस बोल्न पाउने हामी
उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने चेतावनी पनि दिए । ‘कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं,’ ओलीको भनाइ छ । उनले कांग्रेस आरोपित गरिरहने, बकवास बोलिरहने तर अर्काले प्रतिवाद पनि गर्न नपाउने ? भनेर प्रश्न गर्दै यस्तो न डेमोक्रेसी नहुने बताए । ‘यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास’, ओलीको भनाइ छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद् अवरोध गरिरहेको छ ।
बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो’, ओलीले आक्रोश पोख्दै भने, ‘कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने?’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar