काठमाडौं – लोकदोहोरी गायक पुरुषोत्तम गैरेको नयाँ गीत ‘सेती लुकेनी’ बजारमा आएको छ । गायक गैरे र गायिका शान्तिश्री परियारको युगल आवाज रहेको उक्त गीतको भिडियो ‘पुरु टिम’ युट्युब च्यानमार्फत मंगलबारसार्वजनिक गरिएको हो ।
गीतमा विमल पौडेल र गायक पुरूषोत्तमकै शब्द सिर्जना, पुरूषोत्तम गैरेकै संगीत र एचबीएन किस्मतको म्युजिक हुक लाईन रहेको छ । उक्त गीतको भिडियोमा आयुष्मा कार्की, तेजस रेग्मी, मिल्ड्रेड, ललित आचार्य र पिताम्बर पोखरेलको अभिनय रहेको छ ।
भिडियोको निर्देशन लोमश शर्माले गरेका छन् भने सम्पादन मिलन बिकको रहेको छ । गीतमा माया प्रेमका भावना र त्यसभित्रका पीडा ब्यथाका कथा शब्द समावेश गरिएको गायक पुरुषोत्तम गैरेले बताए ।
यसअघि आफ्नै शब्द, संगीत र आवाजमा रहेका ‘पिन्जडाकी चरी’, ‘बैसाखी’, ‘का जाउँ का जाउँ भैरनी’, ‘जाले रुमाल बैना’, ‘चेलीको व्यथा’, ‘सुधार केन्द्र’ लगायत थुप्रै गीतहरु दर्शकले रुचाएको गायक गैरेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar