काठमाडौं– साताको पहिलो दिन सेयर बजार आज सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ ।
आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको सेयर बढेकोमा बीमा समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । आज सृजनशील लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको सेयर साढे पाँच प्रतिशत र दोल्ती हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतले घटेको छ ।
आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता सेयर तीन अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै साङ्ग्रीला विकास बैंकको १० करोड रुपैयाँ बराबरको सेयर खरिद÷बिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar