काठमाडौं – तपाईंलाई स्मार्टफोनले नियन्त्रण गरिरहेको छ कि भन्ने लाग्छ ? यो तपाईंको मात्र समस्या होइन । स्मार्टफोनको लत आजका दिनमा भयानक समस्या बनेर देखिएको छ । यसलाई कम गर्न वा यसबाट जोगिन के गर्ने भन्ने विषयमा छलफल गर्न उपयुक्त समय आएको विश्लेषकहरूले औंल्याएका छन् ।
एक छिन मात्र फोन चलाउँछु भनेको मान्छे दिनभर फोनमै बिताएका अनुभव पनि छन् हामीसँग । गेम खेल्न, सामाजिक सञ्जाल स्क्रोल गर्न वा भिडिओहरू हेर्दै हामी आफ्नो समय बिताइरहेका हुन्छौं । यदि कहिलेकाहीँ मात्रै यसरी फोन प्रयोग गर्नुहुन्छ भने त्यसमा त्यति ठूलो समस्या हुँदैन । तर, सधैं त्यसरी नै बित्न थाल्यो भने तपाईंले आफ्नो ख्याल गर्ने समय आएको छ ।
आज हामी स्क्रिन टाइम बढी हुँदा त्यसले स्वास्थ्यमा के असर गर्छ अनि त्यसलाई नियन्त्रण गर्न के गर्ने भन्ने विषयमा चर्चा गर्दैछौं:
स्क्रिन टाइमका सन्दर्भमा विज्ञहरू के भन्छन् ?
अत्यधिक स्मार्टफोन प्रयोग गर्नुले कालान्तरमा तपाईंको मानसिक तथा भौतिक स्वास्थ्यले धेरै नकारात्मक असर पुर्याउँछ । यो लेखमा अनुसन्धानकर्ताले कस्तो पक्षमा कस्तो असर देखिन्छ भन्ने चर्चा गरेका छन्, त्यसैलाई प्रकाश पारिएको छ । त्यसैले अध्ययन हुन बाँकी भएका त्यस्ता थुप्रै पक्षहरू छुटेका हुन सक्छन् ।
१) महामारीका रूपमा देखिने ‘नियर साइटेड्नेस’
नियर साइटेड्नेस अर्थात् ‘मायोफिया’ भनेको आँखाको यस्तो अवस्था हो, जहाँ व्यक्तिले नजिकको वस्तु प्रस्ट देख्न सक्छ । तर, टाढाको वस्तु मधुरो देख्छ । हो, स्मार्टफोन लामो समय प्रयोग गर्दा आँखाको संरचना बदलिन पुग्छ । अर्थात् भौतिक रूपमा ‘आईबल’को आकार लम्बिन्छ । जसले गर्दा जहाँ बाहिरबाट आउने प्रकाश रेटिनाभन्दा अगाडि नै केन्द्रित भइदिन्छ । र, टाढाको वस्तु मधुरो देखिने समस्या आउँछ ।
विज्ञहरूका अनुसार सन् २०५० सम्म ५० प्रतिशत मानिसहरूमा मायोफिया हुनेछ । झन बालबालिकाले धेरै समय स्मार्टफोन प्रयोग गरे भने यो समस्या छिट्टै देखिन्छ । त्यसैले विज्ञहरूले डिजिटल डिभाइस विशेषगरी स्मार्टफोन प्रयोग गर्दा धेरै नजिक नल्याउन सुझाव दिएका छन् ।
एप्पलले आफ्ना प्रयोगकर्तालाई यस्तो समस्याबाट जोगाउन ‘अलर्ट’ सिस्टम ल्याएको छ । जसले गर्दा तपाईंले फोन निकै नजिक ल्याउनु भयो भने त्यसो नगर्न चेतावनी दिन्छ । त्यसैले तपाईंले कम्तीमा पनि फोन आफ्नो अनुहारभन्दा १२ इन्च टाढा राख्नुपर्ने हुन्छ ।
तपाईंलाई स्मार्टफोनले नियन्त्रण गरिरहेको छ कि भन्ने लाग्छ ? यो तपाईंको मात्र समस्या होइन । स्मार्टफोनको लत आजका दिनमा भयानक समस्या बनेर देखिएको छ । यसलाई कम गर्न वा यसबाट जोगिन के गर्ने भन्ने विषयमा छलफल गर्न उपयुक्त समय आएको विश्लेषकहरूले औंल्याएका छन् ।
एक छिन मात्र फोन चलाउँछु भनेको मान्छे दिनभर फोनमै बिताएका अनुभव पनि छन् हामीसँग । गेम खेल्न, सामाजिक सञ्जाल स्क्रोल गर्न वा भिडिओहरू हेर्दै हामी आफ्नो समय बिताइरहेका हुन्छौं । यदि कहिलेकाहीँ मात्रै यसरी फोन प्रयोग गर्नुहुन्छ भने त्यसमा त्यति ठूलो समस्या हुँदैन । तर, सधैं त्यसरी नै बित्न थाल्यो भने तपाईंले आफ्नो ख्याल गर्ने समय आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar