काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
हिजो शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा नेताहरूले बोल्नेक्रम नसकिएपछी बैठक आजसम्म लम्बिएको हो । बोल्न बाँकी नेताहरुले आजको बैठकमा धारणा राख्ने पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । त्यस्तै महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।
ती विषयहरुमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए । बाँकी नेताहरूले आजको बैठकमा बोल्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar