चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन्। साथै उनले सहकारी प्रकरणमा छानबिन समिति बनाए हुने तर संसदमा आफूले बोल्न पाउनुपर्ने बताएका छन् ।
शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सार्वभौम संसदमा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए ।
“छानबिन समिति बनाए पनि हुन्छ । तर संसदमा बोल्न पाउनुपर्छ ।” उनले भने,“ नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन ”
सहकारी ठगीका मुख्य आरोपी जीबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनले बताए । निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar