नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटव्यूरो सदस्य क.पशुपती चौलागाईको कोरोना भाईरस (कोभिड – १९) को संक्रमणबाट वि.सं.२०७७ बैशाख २८ गते ६१ वर्षको उमेरमा मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा उपचारका क्रममा दुखद निधन भयो । क.पशुपती जीको निधनले हामी सवैलाई अत्यन्त दुखित तुल्यायो ।
२०७७ बैशाख २८ गते साँझको ८ बजेको थियो । कमरेड पशुपती जी को छोरा सुमन चौलागाईले मलाई टेलिफोन गर्दै भने “अंकल लौन बुवालाई त साह«ै च्यापेको जस्तो छ, बुवा अत्यन्तै सिरियस हुनुभयो, के गर्ने होला ?” त्यति बेला म अस्पताल संगै रहेको मेरो घरमा थिएँ । लगत्तै मैले छिट्टो छिट्टो गरी अस्पतालका डाईरेक्टर डा.धर्मदत्त सुवेदीलाई टेलिफोन गरी कमरेड पशुपती जी को स्वास्थ्य स्थीतीबारे वहाँको छोराले भनेको भनाई सुनाएँ र के सम्भव हुन्छ उपचारमा ध्यान दिन भने । वहाँको स्वास्थ्यका सम्बन्धमा मैले प्रत्येक दिन कम्तीमा तीन पटक (विहान, दिँउसो र साँझमा) चिकित्सक टिमलाई सोध्ने र ध्यान दिन निर्देशन दिने गर्थेँ ।
अघिल्लो दिन वहाँको ईम्युनिटी पावर बढाउन छोराकै माग बमोजिम् ‘रेम्डीसिविर’ नामको ईम्यूनिटी पावर दिने एक किसिमको औषधी २ बोतल पनी दिन लगाईएको थियो । २८ गते बेलुका ५ बजेसम्म क.पशुपतीजी को स्वास्थ्य ठिकै थियो । चिकित्सकको भनाई अनुसार वहाँले आँफैले मागेर सुप पनी खानुभएको थियो रे । तर साँझ ६ः३० बजे पछी एक्कासी वहाँको स्वास्थ्य कमजोर हुन थाल्यो, फोक्सोले काम गर्न नसकेको जस्तो देखियो । साँझ ७ बजेतिर उहाँलाई झन् च्याप्दै गयो र अंगहरुले काम गर्न छाड्यो र साँझ ८ः३० बजतिरे कमरेड पशुपती जी ले हामी लगाएत यो संसारलाई नै छाडेर जानुभयो । मैले झण्डै ४० वर्ष लामो मेरो सहयात्राका अत्यन्तै मिल्ने कमरेड गुमाँए भने दोलखा जील्लाले आफ्नो राजनैतिक नेता गुमायो । परिवारजनले सदाका लागी अत्यन्तै असल अविभावक गुमाए ।
“वहाँ अव रहनु भएन” भनेर मलाई अस्पतालका डाईरेक्टर डा.धर्मदत्त सुवेदीले टेलिफोनबाट झण्डै ८ः३० बजे जानकारी गराँउदा म छाँगाबाट खसेजस्तो भएँ । टाउको माथी ठूलो जाँतोले चेपेजस्तो भयो । सास फेर्न गा¥हो भयो । त्यतिबेला मेरो श्रीमती सिता पनि मेरै साथमा थिईन् । त्यस्तो कुरा सुनेपछी हामी दुवैको आँखाबाट बलिन्द्र आँसुका धारा बगे । म किकर्तव्य विमुढ भएँ । मलाई कमरेड पशुपती जी को स्वास्थ्य स्थीती बुझ्न पार्टी नेता माधव कुमार नेपाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे लगायत अन्य थुप्रै नेता कमरेडहरुले टेलिफोन गरी जान्न कोशिस गरँे । क.झलनाथ खनाल यस्तै समस्यासंगै नर्भिक अस्पतालमा रोगसंगै जुझीरहनुभएको थियो । दुवैजना शुरुमा मनमोहन अस्पतालमै भर्ना हुनुभएको थियो । सवै कमरेडहरुलाई मैले “वहाँलाई बचाउन सकिएन” भन्दै उत्तर दिईरहेँ । यो घटना सुनिसकेपछी पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाकी सांसद कमरेड रचना खड्काले कमरेड पशुपती जी को श्रीमती सुनिता जी, छोरा सुमन र छोरीहरु सुष्मा र सविना तथा भाई–बुहारी सवैलाई सम्झाँउदै घटनाक्रमबारे जानकारी दिने काम गर्नुभयो । क.रचनाले म संग नियमित सम्पर्कमा रहेर भोलीपल्टको कमरेड पशुपती जी को श्रद्धाञ्जली कार्यक्रम र दाहसंस्कार कार्यक्रममा समेत महत्वपूर्ण भूमिका निभाउनु भयो ।
बैशाख २९ गते विहान अस्पताल प्रशासनले क.पशुपती जीको परिवारसंग अनुमती लिएर दाहसंस्कारका लागी नेपाली सेनाको गाडी झिकायो । त्यतिबेला कोभिड–१९ ले निधन हुनुभएका सवैलाई नेपाली सेनाले नै दाहसंस्कार गर्ने गर्दथ्यो । अस्पतालको बेसमेन्ट (भुँईतल्ला)मा हामीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना ग¥यौँ । कमरेड पशुपती जी र म त्यतिबेला बागमती प्रदेश सभाका सांसद थियौँ । कमरेड पशुपतीजी लाई अत्यन्तै श्रद्धा गर्ने पार्टी कार्यकर्ता तथा त्यतिबेलाका सञ्चारमन्त्री क.पार्वत गुरुङले राष्ट्रिय झण्डा र क.अमृत बोहरा र मैले पार्टीको झण्डा ओढायौँ । र उपस्थित करिव ५० जनाका माझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न ग¥यौँ । यस्तो जल्दो बल्दो दोलखाली जनताका नेता र आफ्नो अविभावक गुमाउँदा क.पशुपती जीको श्रीमती सुनिता चौलागाईलाई सम्हाल्न गाह्रो होलाकी भनेर मैले वहाँ बित्ने बित्तिकै देखी बिहान साथीहरु जम्मा नहुन्जेल सम्म पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभाकी सांसद दोलखाली चेली क.रचना खड्कालाई पटक पटक सम्हाल्न भनीरहेँ । वहाँले पनी धैर्य गर्न र दुखलाई विर्सन क.रचनाले सुनिता जी सहित परिवारका सदस्यहरु सवैलाई सम्झाईरहनु भयो । यो काममा क.पशुपतीजी को सवारी चालक टंकजी पनि लाग्नुभयो ।
क.पशुपती जी को दाहसंस्कार नेपाली सेनाले नै पशुपती आर्यघाटमा क्रिमिटोरियम (शव दाह गृह) गर्ने काम ग¥यो । पार्टीको झण्डा ओढायर पशुपती जी प्रति श्रद्धा भएको देखाउन केही नेताहरुले प्रयास पनि गरेको सुनेँ । म र कमरेड पशुपती जी लामो समय देखी पार्टी काममा संगसंगै थियौं । हामी अत्यन्तै मिल्ने साथी थियौँ । एक अर्काका समस्या बताउने, समस्या समाधान गर्न आपसी छलफल गर्ने बानी थियो । मेरा तिन छोराहरु सवैसंग कमरेड पशुपती जीको अत्यन्त राम्रो सम्बन्ध पनि थियो । ठूलो छोरा सन्तोषले क.पशुपती जीलाई अष्ट्रेलिया घुम्न लैजाने बच्चन दिएको पनि थियो । त्यो बच्चन पनि प’शरा गर्न पायन । यसैगरी माईलो छोरा प्रकाश र जेठी छोरी सुस्माबीचको चिनजान र अत्यन्तै नजिकको दाजुबहीनीको जस्तो सम्बन्ध थियो । कान्छो छोरा विकाससंग त गाउँका धेरै कार्यक्रममा भेटघाट भएकै थियो । छोराहरु कमरेड पशुपती जीलाई अत्यन्त नजीक र चिर परिचीत अंकलको रुपमा लिन्थे ।
वि.सं.२०४२ सालदेखी पञ्चायती व्यबस्थाका बिरुद्ध आन्दोलन सञ्चालन गर्न हामीले “प्रजातान्त्रीक राष्ट्रिय एकता मञ्च” गठन गरेका थियौँ । त्यस संगठनका बागमती अञ्चल स्तरीय कमिटीमा कमरेड पशुपती जी पनी संगठीत हुनुभएको थियो । त्यसैगरी वि.सं.२०४६ सालको आन्दोलन पछी ०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) बागमती क्षेत्रीय कमिटीमा म र वहाँ दुवैजना संगठीत भयौँ । वि.सं.२०५० वैशाख २१ ग्ते काठमाडौं बागबजारको पार्टी केन्द्रिय कार्यालयमा क.जीवराज आश्रीतको प्रमुख आतिथ्यतामा नेकपा(एमाले) बागमती अञ्चल कमिटी गठन भएको थियो । त्यसमा संयोजक केशव बडाल, सचिवमा म र सदस्यमा क.पशुपती जी पनि हुनुहुन्थ्यो । नेकपा (एमाले)को नेपालगञ्जमा आयोजित् छैठौं राष्ट्रिय महाधिबेशनपछी मैले केन्द्रिय कमिटी र क.पशुपती जी ले बागमती अञ्चल कमिटीको सचिव भएर काम गर्ने मौका पाएका थियौँ । म वि.सं.२०४८ र ०५१ मा सांसद भई काम गर्दै आएको थिएँ । वि.सं.२०५६ सालमा क.पशुपती पनि प्रतिनिधी सभा सदस्य भई साथसाथै संसदमा जनताको प्रतिनिधीत्व गर्ने मौका पाएका थियौँ । वि.सं.२०५० सालमा सम्पन्न प्रजातान्त्रीक राष्ट्रिय युवा संघको केन्दि«य गठन विभागको सचिवबाट म बिदा भएँ भने क.पशुपतीजी लाई केन्द्रिय कमिटी सदस्यको जिम्मेवारी दिईयो । त्यस्तै वि.सं.२०५४ सालमा नेकपा (एमाले) विभाजन भई नेकपा (माले) बनेपछी युवा संघ पनि विभाजन भयो । र त्यसको नेतृत्व क.केशव स्थापित सहित थुप्रै नेता कार्यकर्ताहरु माले तिर लागेपछी क.पशुपती जी ले युवा संघको अध्यक्ष भई एमाले धारको युवा संघलाई बचाउनु भएको थियो ।
दक्षिण अमेरिकाको भेनेजुयलाको राजधानी काराकासमा सम्पन्न विश्व युवा सम्मेलनमा क.पशुपती जी र म युवाहरुको सिनियर नेताको (भेट्रान युवा)को रुपमा भाग लीन पुगेका थियौँ । यसैगरी वल्र्ड पिस काउन्सिलको आयोजनामा चिनको बेईजिङमा सम्पन्न कार्यक्रममा नेपाल पिस एण्ड सोलीडियारिटी काउन्सिलका कमरेडहरु सहित कार्यक्रममा भाग लिन हामी दुवैजना बेईजीङ गएका थियौँ ।
वि.सं.२०७४ सालमा सम्पन्न प्रथम संघिय निर्वाचनमा पार्टीले हामी दुवै जनालाई प्रतिनिधीसभामा उठ्न नदिई म र क.पशुपती दुवैजनालाई प्रदेशसभा सदस्यमा उठायो । हामी दुवैजना अत्यधिक मतले विजयी भयौँ । हामी दुवै जना संधैभरी प्रदेश राजधानी हेटौंडामा जाँदा संगै बास बस्ने होटलमा समेत संगै रहेर प्रदेशको संसदिय मोर्चा सम्हाल्यौँ । हेटौंडालार्य बागमती प्रदेशको राजधानी निर्णय गर्न संसदमा प्रस्ताव ल्याँउदा “यो ठाँउ बागमती प्रदेशभरीको अत्यन्त छेउ भयो, यो निर्णय अव्यवहारिक हुन्छ, हामी भोट हाल्न सक्दैनौँ” भनी बिद्रोह गर्न प्रयत्न ग¥यौँ । “निर्णयको बिरोध गर्दै राजीनामा दिँउ” भनेर उभिन प्रयत्न ग¥यौँ । हामी दुई जना मात्र हुने भएपछी हामीले विष पिएर बागमती प्रदेशका १३ वटा जील्लाको एक छेउमा रहेको हेटौंडालाई राजधानी स्वीकार्न बाध्य भयौँ । त्यतिबेलाको अव्यवहारिक निर्णय अझै पनि कायम नै छ ।
कमरेड पशुपतीजी एक श्रृजनशिल व्यक्तित्व हुनुहुन्थ्यो । जडीबुटी खेतीको माध्यमबाट देशको आर्थिक उपार्जन गर्न सकिने कुरामा वहाँको ध्यान थियो । कृषी सम्बन्धी कुनै नयाँ कुरा जानकारी लिने दिने कुरामा अत्यन्त सक्रिय हुनुहुन्थ्यो । जिल्लाको बिकास, प्रगतीमा वहाँको अत्यन्तै रुची, दिलचस्पी थियो । अपर तामाकोशी जलविद्युत आयोजना निर्माणका लागी तात्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई आयोजना स्वीकृत गराउन मिहेनत पूर्वक काम गर्नुभएको थियो ।
कमरेड पशुपती जी को असामयिक निधनले दोलखा जील्लाले एक असल तथा दिर्घकालिन सोच राख्न सक्ने नेता गुमायो, पार्टीले कुशल संगठक गुमायो भने म जस्ता वहाँको परम मित्रहरुले संधैका लागी बलियो, बिश्वासिलो, ईमान्दार र भरपर्दो मित्र गुमायौं । दोलखाका आम जनताले एक असल र दुखको बेलामा अविभावक गुमाए । वहाँको असामयीक निधनले बागमती प्रदेशकै एउटा जल्दोबल्दो नेता गुमायो । वहाँले छाडेर गएका वहाँका असल कामहरुलाई दोलखा जील्लाका महत्वपूर्ण विकास निर्माणका कार्यहरु चरीकोट सिंगटी हुँदै लामाबगर देखी चिनसम्मको नाका खोल्ने कार्य, तामाकोशी जस्ता जलविद्युत आयोजना, चरीकोट जीरी हुँदै सोलु जोड्ने सडक, खरीढुंगा उद्योग, बृहत गाईफर्म सहितको कृषी कार्य, भिमेश्वर क्याम्पस, मैनापोखरी क्याम्पस र जीरीमा कृतिम ताल निर्माण गरी पर्यटन बिस्तार जस्ता वहाँले सोच्नुभएका कार्यहरुलाई सम्पन्न गर्ने अवस्थामा पु¥याउँदै वहाँले गर्न बाँकी अन्य असल काम पुरा गरेमा वहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । अल बिदा कमरेड पशुपती जी ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar