बझाङ – बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको अव एक हजार एक सय चौध मत गणना हुन बाँकी छ ।
कुल ३० हजार ३२८ मत खसेको उक्त क्षेत्रमा अब साइपाल गाउँपालिकाको १,११४ मत मात्र गणना गर्न बाँकी रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । प्राप्त तथ्यांक अनुसार अहिलेसम्म नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् ।
आयोगका अनुसार भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar