काठमाडौं– सहकारी प्रकरण मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।
वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् ।
उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज एक साता पछि बुझाएर पुन छुटेका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले बताए ।
अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्ष गुरुङ भने भैरहवास्थित कारागारमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar