काठमाडौं– देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । गएको शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । हिजो बादल लागेकाले ती ठाउँको तापक्रम थोरै घटे पनि आजदेखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए ।
तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ’लु’ को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लु’ चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु’ चलेको घोषणा गरिन्छ ।
काठमाडौंको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । आज पनि बिहानैदेखि गर्मी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar