एजेन्सी– भारतको छत्तीसगढमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुकी साढे ८ बजे एक निजी कम्पनीको मजदुर चढेको बस छत्तीसगढको दुर्ग जिल्लास्थित कुम्हारीनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।
बिबिसीका अनुसार बस खपरी गाउँ पुग्नै लाग्दा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् ।
त्यहाँ पुगेपछि गाडीको हेडलाइट नबलेको र सडकबत्ति पनि नबलेकोले दुर्घटना भएको घाइतेहरूले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar