एजेन्सी– मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ ।
रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना वेपत्ता रहेका र पाँच जनालाई जिवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ ।
मोसुरिल जिल्लाबाट उडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी गराए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar