काठमाडौं– रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक पर्यटकको मृत्यु भएको छ । उनी ६७ वर्षीय बेलायती नागरिक कार्टर माइकल पाउल रहेका छन् ।
पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोस अवस्थामा भेटिएका थिए ।
पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याउँदा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar