काठमाडौं – सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ ।
आज दिउँसो १२ बजेदेखि लागू हुने गरी अर्काे सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लागू गरेको हो । हरिनगर गाउँपालिकाको सबै क्षेत्र र देवानगञ्जको वडा १ र ७ मा निषेधाज्ञा जारी भएको हो ।
हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । दुवै पक्षको झगडाबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लगाएको कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar