काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेकी छन् ।
अध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षलाई ह्विप जारी गर्ने अधिकार भएको बताउँदै विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरेकी हुन् ।
मुख्यमन्त्री शाहले विहिबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन् ।
५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar