काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न नसकिने बताएका छन् ।
विगतका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै इमान्दार नभएको भन्दै अब उधारो सहमति आफूलाई मान्य नहुने बताएका हुन् ।
बागमती प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिएपछिमात्र अन्य विषयमा सहमति हुने उनको भनाइ छ । ‘पहिलो कुरा बागमतीमा विश्वासको मत लिने भएपछि हामीलाई नै दिनुपर्छ । आजै दिनुपर्छ , उदारो कति सही गर्नु माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको कागज मसँग छ । उधारो लिखित के काम छ रु सहमतिका साथ जाने हो भने बागमती प्रदेशमा मुख्यमन्त्री हामीलाई दिनुपर्छ । त्यसो भएमा कुरा मिल्न सक्छ । अन्यथा सबै कुरा उहाँलाई गर्दै जाने हामीलाई भोट हाल्दै जान त सकिँदैन । यी सबै झण्झट बोक्नुको सट्टा भोट नहालेर बसे भइगो नि’, सोमबार पाण्डेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar