काठमाडौं – सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ ।
आज आईतबार बिहान साढे ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताईएको छ । यसका अतिरिक्त सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर अन्तर पार्टी निर्देशन० अपानि का रूपमा पठाउन पनि बैठक बस्न लागेको गौतमले बताए।
त्यस्तै इलाम – २ को प्रतिनिधि सभा र बझाङ – १ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनावमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका नामहरु बारे पनि आजको बैठकले निर्णय गर्ने उनले बताए ।
इलाम – २ का लागि ६ जनाको नाम सिफारिस भएको छ भने बझाङ – १ मा तीन जनाको नाम सिफारिस भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar