काठमाडौं– २४ वर्षअघिको हत्या प्रकरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०५६ साल जेठ ५ गते राति रामकाजी पोडे समेतले बम पोडे भन्ने कृष्ण पोडेलाई धारिलो हतियार तरबार, बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
उक्त घटनामा रामकाजीलाई जिल्ला अदालत काठमाडौंबाट २०६८ साल मंसिर १३ गतेको फैसला अनुसार सर्वस्वसहित जन्म कैदको सजाय हुने फैसला भएको थियो । हत्यापछि फरार रहेका उनलाई २४ बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
हत्यापछि आफ्नो स्थाई ठेगाना छोडेर हिँडेका पोडे विभिन्न आवरण लिई लुकीछिपि विभिन्न स्थानमा बसिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको बिशेष प्रहरी टोलीले विगत ६ महिनादेखि सुक्ष्म अनुसन्धान तथा निगरानी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनी हाल कास्कीको पोखरा महानगरपालिका–११ लेखनाथमा नाम तथा हुलिया परिवर्तन गरी लुक छिपि बसिरहेको अवस्थामा मिति प्रहरीले चैत ८ गते पक्राउ गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar