काठमाडौं– सरकारले अनुचित लेनदेन मिटरब्याज अपराधका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहने गरी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर
कार्की र सञ्जिव मिश्र सदस्य छन् ।
सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । तर त्यस आयोगले समस्या समाधान नगरेको भन्दै पीडितहरुले काठमाडौं आएर विरोध गरेपछि सरकारले नयाँ आयोग बनाएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar