काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ । सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो ।
सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने भनेको छ । कांग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि कांग्रेसले अडान छोडेको छैन ।
सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar