काठमाडौं – पार्टी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ र उनलाई अदालतले म्याद थप गरेलगत्तै सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । मंगलबार बिहान पदाधिकारी बैठक बोलाईएको तर एजेन्डाबारे छलफल नभएको पार्टीि सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माले पछिल्लो राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुनसक्ने जनाएका छन् ।
सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेपछि बस्न लागेकोले भोलीको बैठकमा त्यसबारे पनि छलफल हुन्छ भन्ने शुभयुगको प्रश्नमा शर्माले त्यो पनि एजेण्डा बन्न सक्ने जवाफ दिएको छन् । यद्धपी बेठकको एजेण्डाबारे आफू पूर्ण जानकार भने नरहेको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar