काठमाडौं – गोली गठ्ठासहित सर्वोच्च छिरेका दुर्गा प्रसाईको बडीगार्ड प्रहरी फन्दामा परेका छन् ।
आज सोमबार बिहान करिब ११ बजेतिर गोली गठ्ठासहित सर्वोच्च अदालत छिरेपछी प्रसाईंका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल प्रहरी फन्दामा परेका हुन् ।
प्रसाईं आफ्नो मुद्दाको सुनुवाइका लागि गाडीसहित सर्वोच्च अदालत पुगेका थिए । पक्राउ परेका खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।
हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्ड द्धयलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार हो/होइन लगायतका विषय अध्ययनकै क्रममा रहेको एसपी अधिकारीले बताए ।
अहिले घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुने/नहुने भन्न नसकिने एसपी अधिकारीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar