काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेसभित्र ‘युद्धविराम’ भइको टिप्पणी गरेका छनन् ।
आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजनीतिक समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुशी लागेको बताए ।
‘कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ । तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु । मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदै छ । यो युद्धविराम प्रचण्डको कारणले भएको छ । यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला,’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar