काठमाडौं– सर्वोत्तम सिमेन्टले आईपीओ आज बाँडफाँट गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा आज बिहान आईपीओ बाँडफाँड गरिएको हो ।
सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा आयोजना प्रभावितलाई जारी गर्दा बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्तासमेत जोडिएको थियो ।
सर्वोत्तम सिमेन्टले कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएका थिए। त्यसमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ ।
यो आईपीओमा मागभन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ ।
जसमा ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । बाँकी रहेको २६ कित्ता सेयर २६ जनाले थप १–१ कित्ताका दरले प्राप्त छन् । यो आईपीओमा ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar