काठमाडौं– त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो ।
नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाए ।
नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar