काठमाडौं– बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन डिग्रि सेल्सियस रहेकोमा यो वर्षको फेब्रुअरीमा ६ दशमलव ९ डिग्रि सेल्सियस पुगेको बीबीसीले जनाएको छ । यसअघि सन् १९९८मा सबैभन्दा धेरै औसत तापक्रम ६ दशमलव ८ डिग्रि सेल्सियससम्म पुगेको थियो ।
चिसो कम भएका कारण स्याउ नास्पाती जस्ता फलफूलको गुणस्तर कमजोर हुने खबरमा उल्लेख छ । जलवायु परिवर्तनको असरका कारण विश्वव्यापी रुपमा बढ्दो तापक्रमकै प्रभावका कारण बेलायतमा तातो महिनाहरु देखिने क्रम बढेको बेलायतका मौसम विज्ञहरुले बताएका छन् ।
जाडो महिनामा बढेको तापक्रमको असर गर्मीमा धेरै पर्ने र यसबाट अत्याधिक वर्षा र बाढीको सम्भावना बढ्ने विज्ञहरुले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar