काठमाडौं– छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिदलखन गाउँपालिका–७ बुंकोटकी ३६ वर्षीया मञ्जु श्रेष्ठलाई गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई कैद सजाय असुलका लागि शुक्रबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
छोरी जन्म दिएर हत्या गरेको आरोपमा मुद्दा खेपेकी श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । मुद्दा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ चैत २३ गते उनलाई दुई वर्ष कैद सजाय फैसला गरेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar