काठमाडौं– आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ मा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा मदतमा ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।
नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३÷३ लिए । बास डे लिडेले २ विकेट हात पारे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar