काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को ७ महिनाको अवधिमा विदेशबाट झन्डै २ अर्ब रुपैयाँ बराबरको मदिरा आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनाको अन्त्यसम्ममा १ अर्ब ९७ करोड रुपैयाँ बराबरको मदिरा आयात भएको हो ।
यस अवधिमा बियर, ह्विस्की, ह्विस्की बनाउने कच्चा पदार्थ, वाइन, रम, जिन, भोड्का र अत्यधिक अल्कोहल रहेका मदिरा समेत आयात भएको पाइएको छ । १ अर्ब ९७ करोडको मदिरा आयात हुँदा सबैभन्दा धेरै रकम ह्विस्की आयातमा बाहिरिएको तथ्याङ्क छ ।
यस अवधिमा ह्विस्की आयातमा ८४ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, ह्विस्की बनाउन चाहिने कच्चा पदार्थको आयातमा मात्रै ६५ करोड १८ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ । यसबाहेक, १ अर्ब ६७ करोड रुपैयाँको बियर आयात हुँदा ३० करोड बढीको वाइन भित्रिएको छ ।
रम आयातमा ५० लाख, जिन आयातमा १ करोड ६१ लाख र भोड्का आयातमा ५ करोड रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ ।
यसबाहेक, १७ प्रतिशतदेखि ४२ प्रतिशतसम्म अल्कोहल मिसाइएको मदिराको आयातमा ८ करोड रुपैयाँ बाहिरिएको देखिन्छ ।
तथ्यांकअनुसार नेपालमा बियर भने ठुलो मात्रामा विदेशबाट नआउने गरेको देखिएको छ । विश्व चर्चित ब्रान्डका बियर नेपालमा नै उत्पादन हुने भएकाले विदेशबाट ल्याउन नपरेको हो । नेपालमा नै बडवाइजर, काल्सवर्ग, टुर्बोग जस्ता बियरको उत्पादन हुन्छ । यही भएर ७ महिनामा विदेशबाट साढे १ करोडको मात्रै बियर आयात भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar