काठमाडौं– चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई शुक्रवार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar