काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुई महिना थप भएको छ । काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो ।
प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न नपाइने भन्दै निषेधित क्षेत्र तोकिएको थियो ।
मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रमका कारण प्रशासनले निषेधित क्षेत्र तोकेको थियो । त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो ।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अतिविशिष्ट पदाधिकारी बसोबास गर्ने तथा कार्यालयलगायत आसपासका क्षेत्र रहेकाले निषेधित क्षेत्र तोक्नुपरेको जिल्ला प्रशासनको भनाइ छ । तर निषेधित क्षेत्र नहटाउँदा सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै विरोध भने भैरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar