काठमाडौं – सीताराम गोकुल मिल्क्स प्रालिले फागुन १ बाट बजारमा ‘सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी’ ल्याएको छ ।
प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाएको देखिन्छ । तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनका लागि स्पेसल दुध लिन पाउने भएका छन् ।
यो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्सको भनाइ छ । चिया र कफीका पारखि एवं साना तथा ठूला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याएको हो ।
सीतारामले विगत २८ वर्ष देखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू बजारमा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar