काठमाडौं – प्राथमिक सेयर (आईपीओ) जारी गरी दोस्रो बजारमा कारोबार भइरहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपश्चात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । सो बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि फागुन २० गतेका लागि साधारणसभा बोलाएको हो । साधारणसभाबाट यी प्रस्ताव पारित हुनेछ । त्यस्तै कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ सम्म योग्य लगानीकर्ताले मात्रै पाउने छन् । अर्थात् फागुन ७ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । फागुन ६ गतेसम्म सेयर किनेका तथा होल्ड गरेका सेयरधनीले मात्रै ४ प्रतिशत बोनस सेयर पाउनेछन् र साधारणसभामा भाग लिन सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar