काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा आमा र दुई जना बच्चाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घरबाट हाम फालेकी ३६ वर्षकी रविना महर्जनको उपचारका क्रममा किष्ट अस्पतालमा गएराति ज्यान गएको हो ।
त्यस्तै घरको बन्द कोठामा अचेत अवस्थामा भेटिएका ६ वर्षका अस्वेत र २ वर्षकी रिबाको हिजो बेलुका ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
आमा रविनाले घरको चौथो तलाबाट हामफालेको र घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । आमाले घरबाट हामफालेपछि अनुसन्धान गर्दा बच्चाहरु अचेत भेटिएका थिए ।
घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar