काठमाडौं – फागुन १ गते अर्थात जनयुद्ध दिवशका दिन बेनिघाट रोराङमा अमृत उज्जल स्मृती सभाको आयोजना गरियको छ ।
अमृत उज्जल स्मृती मञ्चले जनयुद्ध दिवशका दिन बेनिघाट रोराङ गाउँपालिका स्थीत् वडा नं.४ रिचोकपोखरीमा साँस्कृतिक कार्यक्रम सहितको जनयुद्ध दिवश २०८० तथा अमृत उज्जल स्मृती सभाको आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार उक्त कार्यक्रममा सुमन परियार, झंकार बुढा मगर, सुमित्रा तामाङ, अविरल मगर, ईव्सल सञ्ज्याल लगायतका कलाकारहरु उपस्थित रहनेछन् ।
जनयुद्ध दिवसको अवसरमा राज्यद्वारा वेपत्ता पारिएका बेनिघाट रोराङ ३ का विद्यार्थी नेताद्धय अमृत कँडेल र उज्ज्वल बरामको स्मृतिमा स्थापित अमृत उज्ज्वल स्मृति मञ्चले हरेक वर्ष विशेष सांस्कृतिक कार्यक्रम सहित स्मृती सभाको आयोजना गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar