सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागी रूख काट्न भन्दै सूचना जारी गरेको छ ।
बाँदरले बालीनाली खाएको भन्दै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले निजी जग्गाका रूख काट्न सूचना जारी गरेको हो । फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन् ।
बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थालेपछि मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएको वडाध्यक्ष कार्कीले बताए ।उनले वन फडानी गर्ने नभइ काँटछाँट गर्न लागिएको बताए ।
गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar