काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, मोरङ र रामेछाप जिल्लामा दुर्घटना भएका हुन् ।
सर्लाहीको बागमती नगरपालिका–१२ भरत तालस्थित सडकमा मधेस प्रदेश ०३–०२५ प ५९२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बरहथवा नगरपालिका–७ बस्ने १९ वर्षीया अस्मिता रायको मृत्यु भएको छ ।
यता मोरङको रंगेली नगरपालिका–३ रंजनीस्थित आनन्द इँटाभट्टाभित्र को.१ त ८५७८ नम्बरको ट्याक्टरको ठक्करबाट भट्टामा काम गर्ने भारत कुच बिहार घर भएका ५५ वर्षीय बिसन्दु मियाको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङकै कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा प्र ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ ।
यसैगरी रामेछापको रामेछाप नगरपालिका–८ रामेछापडाँडामा लु.९६ प १९६० नम्बरको मोटरसाइकलको ठक्करबाट रामेछापडाँडा बस्ने भारत भएका जावेद खानको छोरा ७ वर्षीय मुराज खानको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar