ललितपुर – ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ सुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमकाबीच एपको शुभारम्भ गरेका छन् ।
ललितपुर नगर प्रहरीलाई चनाखो राख्न तथा गुनासो पठाउनका लागि एप बनाएको महानगरले जनाएको छ । यस एपमार्फत २१ प्रकारका गुनासो पठाउन सकिने छ । महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिनेछ ।
इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा पनि गुनासो पठाउन सकिने प्रबन्ध गरिएको छ । गुनासो पठाउँदा पठाउने व्यक्तिको सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको महानगरले जनाएको छ ।
‘एलर्ट’ मा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शव वाहन, फोहोरमैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै विना स्वीकृति संरचना, लैङ्गिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोटबिरुवा क्षति, फुटपाथ, सडक बत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी विपद्, सडक मानव, कालोबजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिरो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा ‘एलर्ट’ गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar