काठमाडौं– सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । गत माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
बसौलालाई हटाउने निर्णय पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
‘बीमाको कार्यक्रम जुन गतिमा लैजानु पर्ने हो, सो गतिमा लैजान नसकेको र बीमाका विभिन्न प्रदायकको गुनासो सम्बोधन गर्न नसेकाले उहाँलाई बर्खास्त गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ,’ उनले भने ।
तीन वर्षअघि बसौलालाई बोर्डमा कार्यकारी निर्देशकका रुपमा नियुक्ति गरिएको थियो । तर बसौलाले आफूलाई बर्खास्त गर्ने निर्णयबारे जानकारी नभएको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar