काठमाडौं– पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल खेल चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
नेपाल पुलिसले जारी संस्करणको प्रिक्वार्टरफाइनलमा अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो भने चर्च ब्वाइज बाइ पाउँदै सीधै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
आहारारामा चर्च ब्वाइज र नेपाल पुलिसको यो दोस्रो भेट हो । पोहोरको संस्करणमा पनि क्वार्टरफाइनलमै नेपाल पुलिस र चर्च ब्वाइज भिडेका थिए ।
आजको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि थ्रीस्टार, जावलाखेल युथ क्लब र त्रिभुवन आमी सेमिफाइनल पुगिसकेका छन् । आजको विजेता टोलीले माघ १८ गते फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar