काठमाडौं – आज काठमाडौंमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ ।
आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो ।
काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । हिमाली भेगको तापक्रम शूून्यबाट पनि तल झरेको छ भने तराई मधेशमा पनि तापक्रम एक÷दुुई डिग्रीसम्म पुुग्ने गरेको छ । जुम्लाको माइनस ५ दशमलव २, मुुस्ताङ जोमसोमको माइनस ५ दशमवल ५ र दोलखा जिरीको माइनस १ डिग्री सेल्सियस छ । यस्तै डडेलधुराको २ दशमलव १, दिपायलको १ दशमलव ९, विरेन्द्रनगरको २ दशमलव ६ र ताप्लेजुङको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
आज पनि देशका धेरै ठाउँमा बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar