काठमाडौं– रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल प्रक्षेपण गरेको बताएको समाचार संस्था अलजजिराले जनाएको छ ।
उनले मिसाइल प्रक्षेपणका कारण एक सय ४० वटा घरसहित दुई सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएका जानकारी दिएका छन् ।
प्रभावित क्षेत्रमा उद्धारको काम भैरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar