काठमाडौं– न्युरोड क्षेत्रका कालोपत्र सडकमा आजदेखि गाडी पार्किङमा रोक लागेको छ ।
काठमाडौं महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न रोक लगाएको हो ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे गाडी पार्किङ गर्न सकिने जानकारी दिए । उनले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए ।
उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा अब पार्किङ गर्न पाईंदैन । यसअघि झोँछे क्षेत्रमा गाडी पार्किङमा रोक लागिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar