एजेन्सी– गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
एक सय दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको ज्यान जाने गरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकाय यूएन विमेनले जनाएको छ ।
गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन र मानवीय आवश्यकतामा विनाशकारी असर पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २५ हजार मानिसको ज्यान गएको छ ।
ज्यान गुमाउनेमध्ये झण्डै ७० प्रतिशत महिला र बालबालिका रहेका अनुमान गरिएको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले मानवीय अवस्था दयनीय बनेको भन्दै युद्ध रोक्न अपिल गरेको छ । अक्टोबर ७ मा इस्लामिक विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar