काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले न्यानो कपडा वितरण गरेको बछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चौदण्डीगढी नगरपालिका ०८, उदयपुर स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे हो ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो । विद्यालयमा अयोजित एक कार्यक्रम का बीच कक्षा नर्सरीदेखि कक्षा १० सम्मका १९१ विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो ।
त्यस्तै, बैंकको बुटवलमा रहेको कालिकानगर शाखाले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar