काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोचेर एक लाख बढीले डाउनलोड गरेको एप नक्कली रहेको पाइएको छ । प्लेस्टोरमा २०१५ मा सार्वजनिक यो एप आधिकारिक नभएको पाइएको हो ।
प्रवक्ता पराजुलीका अनुसार उक्त एपको डेभलपरले एप बनाइसकेपछि नेप्सेलाई खरिद गर्न अनुरोध गरेका थिए । “तपाईंहरूको एप अपडेट भएको छैन भनेर बेला बेलामा हामीलाई सूचना आउँछ,” उनले भने, “हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौं । हामीले खरिद नगरेपछि सायद एप अपडेट नगरेर छोडेको होला ।”
कारवाही गर्ने स्पष्ट प्रावधानहरू पनि नभएपछि एप त्यत्तिकै छोडिएको उनले बताए । उक्त एपमा आएको रिभ्यु हेर्ने हो भने पनि २०२० पछि एप अपडेट नभएको भन्दै नकारात्मक प्रतिक्रिया देख्न सकिन्छ । यद्यपि एपको डिस्क्रिप्सन हेर्ने हो भने पछिल्लो पटक नोभेम्बर २०२१ मा अपडेट भएको देखिन्छ ।
आधिकारिक एपमा यति धेरै गल्तीहरू कसरी हुन सक्छ भन्दै थुप्रैले एपप्रति आशंका व्यक्त गरेको देखिन्छ । त्यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने अधिकांश प्रयोगकर्ता उक्त एपलाई आधिकारिक एप ठानिरहेका छन् ।
प्लेस्टोरमा सो एप एक लाखभन्दा बढी पटक डाउनलोड भएको देखाइएको छ । यसो त एक लाखभन्दा बढी तर पाँच लाखभन्दा कम डाउनलोड भएको एपलाई प्ले स्टोरले एक लाख पटक डाउनलोड गरेको देखाउँछ ।
पछिल्लो समय बजारमा आएका नयाँ एन्ड्रोइड डिभाइसमा एप इन्स्टल गर्न पनि मिल्दैन । डाउनलोड भइसकेको डिभाइसमा पनि उक्त एप खुल्दैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar