काठमाडौं– कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् ।
पुस २५ गते कैलालीको अतरिया बजारको एक दोहोरी साँझ गएका कञ्चपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको उपचारका लागी धनगढीको निसर्ग अस्पताल पु¥याएकोमा सोही दिन उनको मृत्यु भएको थियो ।
उनको मृत्युपछि परिवारले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ६ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ का २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका –९ का ३८ वर्षीय रामबहादुर ऐर र उनीसँगै गएका टेकबहादुर नायक रहेका डीएसपी चन्दले बताए ।
मृतकका परिवारले उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar