काठमाडौं– चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका–७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका–६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar