काठमाडाैं – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रियसभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरूको बैठकले सिट बाँटफाँटको विषयमा सहमति जुटाउन नसकेकाे हाे ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेस प्रमुख सचेतक लेखकले सरकारमा सहभागी चार राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताबीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगिनसकेको बताए ।
उनले आज साँझ वा भाेलि बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए । प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar