काठमाडौं – कम्पनीको वित्तीय अवस्था खस्किँदै गएपछि एक्स (ट्वीटर) का मालिक एलन मस्कले गोल्डेन चेकमार्कको मूल्य अप्रत्याशित रूपले घटाएका छन् । मङ्गलवार एक्समा एक पोस्ट राख्दै उनले गोल्डेन चेकमार्कको मूल्य मासिक २०० डलर (करिब साढे दुई लाख रुपैयाँ) कायम गरेका हुन् ।
ठूला व्यवसायका लागि उपयुक्त हुने उक्त चेकमार्कको मूल्य गत मार्चमा मासिक एक हजार डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) कायम गरिएको थियो । लिगेसीका रूपमा पाएको भेरिफिकेसन ब्याच हटाउँदै उनले शुल्क तिरे मात्र सो चेकमार्क उपलब्ध गराउने घोषणा गरेका थिए ।
व्यक्तिगत रूपमा पाउने ब्लु चेकमार्कको मूल्य मासिक आठ डलर तोकिएको भए पनि व्यवसायले प्राप्त गर्ने चेकमार्कका लागि मासिक एक हजार डलर तोकिएको थियो । गोल्डेन चेकमार्कको कुनै तुक नभएको र केवल सजावटका लागि मात्र राखिने भन्दै त्यसको आलोचना पनि भयो । पछि ठूलो सङ्ख्यामा फलोअर हुने अकाउन्टलाई निःशुल्क चेकमार्क उपलब्ध गराउने बताएपछि उक्त विवाद शान्त भएको थियो ।
अहिले भने कम्पनीले सोही गोल्डेन चेकमार्क मासिक २०० डलर (करिब साढे २६ हजार रुपैयाँ) र वार्षिक दुई हजार डलर (करिब ढाई लाख रुपैयाँ) मा उपलब्ध गराउने बताएको छ । कम्पनीका अनुसार वार्षिक १२ हजार पर्ने गोल्डेन चेकमार्क पनि उपलब्ध हुनेछ । तर, सो चेकमार्कको तुलनामा वार्षिक दुई हजार पर्ने चेकमार्कमा केही कम फिचर हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar